१४ जेष्ठ २०८०, आईतवार

स्थानीय तह निर्वाचन : बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

२०७९,जेष्ठ,१२,बिहीवार २०:३२

198
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  ३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा भएको विषयमा दलहरूबीच विवाद भएपछि मतदान रोकिएको थियो ।

आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्ट लगायतका तीन दिनभित्र हटाउन समेत गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

उनीहरूले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले उनीहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

जिम्मेवार कर्मचारी खटाई निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार बनाउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

 

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार २०:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९