नेपाल-भारत कवि सम्मेलन काठमाडौंमा सम्पन्न

लोकपथ
143
Shares

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएकाे छ ।

नेपालका वरिष्ठ साहित्यकार डा तुलसी प्रसाद भट्टराई कार्यक्रमका प्रमुख आतिथि रहेकाे थिए । कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार , त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति रहेकाे थियो । कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला अ‍ाेढाएर ्रष्ट्रिय साहित्य सम्मान प्रदान गरकेाे थियाे। । सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठान पनि कवि शांण्डिल्यलाई सम्मान गरेकाे थियाे । प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए ।

नेपाल-भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु , अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे । राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा‍ मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा विनोद कुमार विश्वकर्मा, डा वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गरेका थिए । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?