लुम्बिनी विकास बैंकद्धारा एकैदिन थप नयाँ ३ शाखाको उद्घाटन

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले यही जठ १२ गते अर्थात बिहिबार थप तीन वटा शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८४ औँ शाखाको रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित वाणी शाखा, ८५औँ शाखाको रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ स्थित लम्की शाखा र ८६औँ शाखाको रुपमा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका वडा नं. ७ स्थित मसुरिया शाखा रहेका छन् ।

बैंकका अनुसार वाणी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमु हेमराज ओझाले संयुक्त रुपमा गरेका हुन् ।

त्यस्तै, लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्की चुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्तरुपमा गरेका हुन् ।

साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशव खतिवडा र गौरीगङ्गा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्तरुपमा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?