५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

लोकपथ
481
Shares

काठमाडौं । पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ ।

सार्वजनिक घटना अनुसार एक छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए । होटल लगेर बलात्कार गरेका उनले पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर दुई वर्षसम्म बलात्कार गरेका थिए ।

पछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई विहे गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

बुबाले प्रिन्सिपलसँग सिधै अस्पताल जान भनेपनि अस्पताल लैजानुको साटो होटल लगेर कोठामा गएपछि उनले ढोका लगाएर जबरजस्ती करणी गरेका थिए । । भिडियो पनि बनाएर पटकपटक त्यो भिडियो देखाउँदै ब्ल्याकमेल गरेको ती छात्राले भनेकी छन् । एसईई दिउञ्जेलसम्म बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँ भेटे पनि बलात्कार गरेको पीडितको भनाइ छ । त्यति बेला उनी १५ वर्षकी थिइन् ।

बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको पनि विश्वास जितेको तर त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर बलात्कार गरेको पीडितको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?