सुनको सिक्री र प्रतिबन्धित लागूऔषधसहित दुई प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–१८ नरदेवीमा सुनको सिक्री स्न्याचिङ र लागूऔषध कारोबारमा संलग्न मानिस हिडडुल गरिएको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं वडा–१८ नरदेवी घर बताउने अं. वर्ष ३२ का सबिर मगर र ऐ.ऐ. घर बताउने अं. वर्ष २६ की सेलेष्टी मगर रहेका छन् । 

प्रहरीले चेकजाच गर्ने क्रममा उनीहरुको साथबाट चरेश जस्तो देखिने चिप्पड ६० ग्राम र सुनको सिक्री फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?