पचासी हजार नगदसहित लागूऔषध कारोबारमा संलगन दुई पक्राउ

काठमाडौं । प्रहरीले ८५ हजार ५ सय नगद र प्रतिबन्धित लागूऔषध ब्राण्ड सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका वडा–१८ नरदेवी नजिकै शंकास्पद अवस्थामा बसिरहेको बेला महानगर प्रहरी वृत्त, जनसेवाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ललितपुर ईमाडोल घर भएका ३५ वर्षका अमुल्य प्रधान र जुम्ला तातोपानी घर भएका वर्ष २४ का मनोज कार्की रहेका छन् । 

प्रहरीले उनीहरुको साथबाट ८५ हजार ५ सय नगद, सामसुन कम्पनीको मोबाइल एक थान र प्रतिबन्धित लागूऔषध ब्रबण्ड सुगर ९ ग्राम बरामद गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?