ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ

लोकपथ
858
Shares

काठमाडौं । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

सर्लाहीको लालबन्दी घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले लोकपथलाई जानकारी दिए ।

उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएकोअटोमेटिक पेस्तोल, दुई वटा म्याग्जिन र चारवटा गोली पनि बरामद भएको एसपी शाहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?