करण जोहरको पार्टीमा हात समाउँदै पुगे आमिर र किरण

लोकपथ
1.3k
Shares

काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले एक भव्य पार्टी आयोजना गरेका थिए, जसमा बलिउड फिल्म जगतका धेरै सेलिब्रेटीहरु सहभागी थिए । यो पार्टीमा बलिउड स्टारहरुको मेला लागेको थियो ।

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान र उनकी पूर्व पत्नी किरण राव उनको पार्टीमा सँगै पुगेका थिए । यी दुईलाई सँगै देखेर मानिसहरु निकै अचम्ममा परेका थिए, किनभने यो जोडीले गत वर्ष दुबै अलग हुने घोषणा गरेका थिए । यो घोषणापछि दुवैलाई धेरै पटकसँगै देखाइएको छ ।

आमिर खान और किरण राव

त्यस्ता अवसरमा उनीहरुलाई हरेक पटक ट्रोल गरिएको छ र यसपटक पनि त्यस्तै भएको छ । पार्टीबाट उनको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसमा उनीहरुको सम्बन्धमा प्रश्न उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?