करण जोहरको ‘बर्थ डे’ पार्टीमा बलिउडका स्टारहरुको लर्को (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
1.2k
Shares

काठमाडौं । फिल्म निर्माता-निर्देशक करण जोहरले २५ मे मा आफ्नो ५० औं जन्मदिन धूमधामका साथ मनाएका छन् । यस क्रममा उनले एक भव्य पार्टी आयोजना गरेका थिए, जसमा बलिउड फिल्म जगतका धेरै सेलिब्रेटीहरु सहभागी थिए । यो पार्टीमा बलिउड स्टारहरुको मेला लागेको थियो ।

कोही आफ्नी गर्लफ्रेन्डसँग पार्टीमा पुगेका थिए भने कोही आमासँग पुगेका थिए । केही स्टारहरु एक्लै आएर यो पार्टीमा जोडिएका थिए । पार्टीमा सहभागी हुन आएका सेलिब्रेटीहरुको लुक्स र स्टाइलको चर्चा चारैतिर भइरहेको छ । हेरौँ को–को पुगे पार्टीमा ?

ऋतिक रोशन र सबा आजाद : 

सबा आजाद-ऋतिक रोशन

यस भव्य पार्टीमा अभिनेता ऋतिक रोशन र उनकी कथित प्रेमिका सबा आजाद आकर्षणको केन्द्र बनेका थिए । दुवै हात समाएर पार्टीमा सहभागी हुन आएका थिए । यति मात्र होइन, यो जोडीले फोटोग्राफरहरूलाई धेरै पोज पनि दिए।

रणवीर कपूर-नीतु कपूर : 

रणबीर कपूर-नीतू सिंह

रणवीर कपूर आफ्नी आमा नीतु कपूरसँग पार्टीमा पुगेका थिए । कालो रंगको कोट पेन्टमा रणबीर कपूर निकै राम्रो देखिएकी थिए भने नीतु कपूरले सेतो रंगको पोशाक छनोट गरिकी थिइन् । फ्यानले दुबैको स्टाइल मन पराए ।

अभिषेक र ऐश्वर्या राई बच्चन : 

ऐश्वर्या राय बच्चन-अभिषेक बच्चन-श्वेता बच्चन नंदा

पार्टीमा सहभागी हुन बच्चन परिवारबाट ऐश्वर्या–अभिषेक बच्चन पुगेका थिए । यस पार्टीमा अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दा पनि उनीसँगै देखिएकी थिइन् । श्वेताले रातो पहिरनमा थिइन् ।

सैफ अली खान-करीना कपूर खान : 

सैफ अली खान-करीना कपूर खान

बलिउडकी गसिप क्वीन र करण जोहरकी मिल्ने साथी करिना कपूर खान पार्टीमा सहभागी भइन् । करीना स्टाइलिस लुकमा पार्टीमा पुगेकी थिइन् ।

आमिर खान–किरण राव र काजोल : 

आमिर खान-किरण राव-काजोल

आमिर खान र किरण रावले यस पार्टीमा सँगै पुगेर सबैलाई चकित पारेका छन् । यी दुवैको केही समयअघि सम्बन्धविच्छेद भएको थियो । तर, यो पार्टीमा दुवैको बन्डिङ हेर्न लायक थियो । आमिर र किरणले सँगै पोज पनि दिएका छन् । यसबाहेक काजोल पनि पार्टीमा पुगिन् । यस क्रममा उनले करण जोहर र आमिर खानसँग फोटो खिचेका थिए । वास्तवमा करण जोहरको जन्मदिनको अवसरमा काजोल र आमिरको फिल्म ‘फना’ ले पनि १६ वर्ष पूरा गरेको छ ।

सलमान खान :

सलमान खान

सलमान खान पनि करणको पार्टिमा सहभागी भएका थिए । यो पार्टीमा पनि उनको स्टाइल हेर्न लायक थियो ।

रणवीर सिंह र रानी मुखर्जी : 

रणवीर सिंह-रानी मुखर्जी

रणवीर सिंह आफ्नो खास स्टाइलमा पार्टीमा पुगेका थिए । उनी आफ्नो पहिरनका लागि परिचित छन् र यहाँ पनि उनले आफ्नो ड्रेसिङ सेन्सले सबैको मन जितेका छन् । तर, कान्स फिल्म फेस्टिभलमा भएका कारण दीपिका पादुकोण पार्टीमा सहभागी हुन सकिनन् । उनी बाहेक रानी मुखर्जी पनि पार्टीमा सामेल भइन् ।

रश्मिका मन्डन्ना र देवरकोंडा :

Rashmika Mandanna-Vijay Devrakonda

दक्षिण फिल्म उद्योगका सुपरस्टार विजय देवरकोंडा र रश्मिका मन्डन्ना पनि यस शानदार जन्मदिनको पार्टीमा उपस्थित थिए। रश्मिका कालो हाइ स्लिट ड्रेस लगाएर आइन्, जसमा उनको लुक निकै बोल्ड देखिएको थियो । खास कुरा के छ भने रश्मिका देवरकोंडासँग यस पार्टीमा पुगेकी थिइन् । दुवैको पार्टीसँग खिचिएको तस्बिर पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

मानुषी छिल्लर-प्रीति जिन्टा : 

फिल्म ‘पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गर्न लागेकी मानुषी छिल्लर र प्रीति जिन्टा पनि पार्टीमा आकर्षणको केन्द्रबिन्दु बने । उनी बाहेक अभिनेत्री प्रीति जिन्टा पनि पतिसँग पार्टीमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?