काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य , उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दै समग्र रूपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको बताए।
स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पूराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको बताइन् । भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिइन् ।
पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा लगाएको करले आफुहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया