नीति तथा कार्यक्रमबारे संसदमा बुँदा-बुँदा केलाउँदै ओली

लोकपथ
133
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुँदागत रुपमा आलोचना गरेका छन् ।

बिहान ११ बजेबाट सुरु भएको बैठकमा विशेष समय लिएर सम्बोधन थालेका ओलीले करिब साढे २ घण्टा लामो भाषणा गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र वर्तमान गठबन्धनका विषयमा कटाक्ष गरेका छन् ।

ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको बुँदा बुँदाको व्याख्या गर्दै आलोचना प्रश्नहरु गरिरहेका छन् । उनले वर्तमान गठबन्धनमा आवद्ध दलहरुले नेकपा एमालेले ल्याएका कार्यक्रमहरु समेत हटाउन नसकेको समेत आरोप लगाएका छन् ।

त्यसैगरी वर्तमान सरकारले परराष्ट्र नीतिबारे वेवस्ता गरेकोदेखि जनताको जीवनउपयोगी योजनाहरु ल्याउन नसकेको ओलीको आरोप रहेको छ ।

त्यसैगरी ओलीले वर्तमान सरकारले नेकपा एमालेले ल्याएका राम्रा कुराहरुलाई अनुशरण गर्न नसकेको समेत आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?