रामशरण पौडेल र प्रताप दासको ‘वृद्धा आश्रम’ सार्वजनिक (भिडियाे)

लोकपथ
3.9k
Shares

काठमाडौं । प्रताप दासको आवाजमा गीत ‘वृद्धा आश्रम’ सार्वजनिक भएको छ । रामशरण पौडेलको शब्द र समीप दीपकको संगीतमा तयार भएको गीत बुधबार सार्वजनिक भएको हो ।

बुढेसकाल अनि वृद्धा आश्रमका विषयलाई समेटेर मार्मिक ढंगले प्रस्तुत गरिएको छ । आफ्नो पूरा जीवन सन्तानका लागि बिताए पनि बुढेसकालमा ‘वृद्धा आश्रम’ जानुपर्दाको पीडालाई समेटेर गीत तयार गरिएको छ ।

भिडियोमा लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, यमन खनाल, सिव भट्ट, संगीता शर्मा ओझा, निर्मला नेपाललगायतलाई देख्न सकिन्छ ।

कपिन्द्र थापाले निर्देशन गरेको भिडियोलाई सञ्जिव खत्री र हृदयनारायण चौधरीले खिचेका हुन् । यमन खनालले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका हुन् । गीतलाई ‘यमन खनाल’ युट्युब च्यानमा हेर्न र सुन्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?