काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
बिहीबार बसेको संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्दै ओलीले वाइडबडी काण्ड कसले सम्झौता गरेको, कसले भुक्तानी गरेको भन्नेबारे छानबिन गर्न चुनौती दिए ।
त्यसैगरी गठबन्धन सरकारले वाइडबडी काण्ड, सुनकाण्ड लगायतको चंगुलमा फसेको समेत आरोप लगाए ।
‘छानबिन गर्नुस् न वाइडबढी काण्ड । कसले सम्झौता गर्यो, कसले भुक्तानी गर्यो ? अन्तिम किस्ता त जो भए पनि दिनुपर्ला नि त । ३३ किलो सुन काण्ड, अगाडि भइसकेको सुनकाण्ड मैले छानविन गराएको हुँ । तर ३३ किलो सुनकाण्ड उल्टै अघिल्लो सरकारमा भएका सुनकाण्डका प्वाल टालिएपछि र सुनका भरियाहरु सुनका कारोबारीहरु गिरफ्तार हुन थालेपछि अनि बालुवाटार जग्गा काण्ड यस्तै काण्डहरुका चाँङमा उभिएर गठबन्धन अडिएको छ ।’ उनले भने ।
त्यसैगरी ओलीले नेपाली कांग्रेस अरुको गुँडमा अण्डा पारेर बच्चा कोरल्न पल्किएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया