ओलीको आरोप : ‘कांग्रेस अर्काको गुँडमा अण्डा पारेर बच्चा कोरल्न पल्कियो’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसमाथि कुटनीति नभएको भन्दै गम्भीर आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले अरुको गुँडमा अण्डा पारेर बच्चा कोरल्न पल्किएको आरोप लगाए ।

त्यसैगरी २००७ सालदेखि नै नेपाली कांग्रेसले कहिले राजासँग त कहिले अन्यसँग सम्झौता गरेको बताए ।

‘अर्काको गुँडमा अण्डा पारेर बच्चा कोरल्न कांग्रेस पोख्त छ । पटकपटक यो हाम्रो इतिहासको हार्ड रियालिटी हो । २००७ सालमा राणा राजा सम्झौता गरेर कतै राजालाई पिता राजालाई प्रजातन्त्रको पिता, राष्ट्रको पिता र राणालाई प्रधानमन्त्री मानेर मन्त्रीपद खाने जनताको छोराछोरी नै प्रधानमन्त्री हुनुपर्छ भनी माग गर्ने नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्द लगाउने र नेता कार्यकर्तालाई गोली ठोक्ने, टाउको काट्ने र प्रजातन्त्र हिमायती नै कांग्रेस हो भन्ने नीति नेपाली कांग्रेसले भन्ने गरेकै हो ।’ उनले भने ।

त्यसैगरी संसदको बैठकमा सम्बोधन गर्दै उनले वाइडबडी काण्डको बारेमा छानविन गर्न चुनौती समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?