लहान । पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी)मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए ।
सदाको शव पोष्टमार्टमका लागि लहानस्थित स्मारक अस्पताल लहानमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया