अभिषेकलाई अमिताभको छोरो भनेर सम्बोधन गरेपछि आक्रोशित हुँदै ऐश्वर्या रायले दिइन् कडा जवाफ

लोकपथ
8.6k
Shares

काठमाडौं । अभिनेता अभिषेक बच्चनले सन् २००० मा रिलिज भएको फिल्म ‘रिफ्युजी’ बाट बलिउडमा डेब्यु गरेका थिए । यस फिल्ममा अभिषेकको हिरोइनमा करिना कपूर देखिएकी थिइन् । यो फिल्मपछि करिना कपूरको करियर सुरु भयो तर अभिषेक बच्चनलाई निकै मिहिनत गर्नुपरेको थियो ।

उनले आफ्नो करियरमा धेरै उतारचढावको सामना गरे । यति मात्र होइन, उनको अभिनयका कारण धेरै पटक उनी ट्रोलको सिकार भएका थिए । तर अहिले अभिषेक आफ्नै काम र अभिनयका कारण बलिउडमा निक्कै चर्चित छन् । तर एक कार्यक्रममा उनलाई ‘अमिताभको छोरा’ भनेर सम्बोधन गरिएपछि, उनकी श्रीमति ऐश्वर्या रायले जवाफ फर्काएकी छिन् ।

अभिषेक बच्चन-ऐश्वर्या राई

अभिषेक बच्चनलाई प्रायः मानिसहरूले ‘अमिताभ बच्चनका छोरा’ र ‘ऐश्वर्या राईको पति’ भनेर सम्बोधन गर्छन्, जसलाई ऐश्वर्या रायले जवाफ दिएकी छिन्। सन् २००७ मा ऐश्वर्या र अभिषेकले एक अन्तर्वार्ता दिएका थिए, जसमा अभिषेकलाई सोधिएको थियो कि उनलाई अमिताभको छोरा र ऐश्वर्याको श्रीमान् भनेर सम्बोधन गर्न मन लाग्दैन ? यसको जवाफमा अभिषेक बच्चनले भने, ‘बिल्कुल होइन, मलाई यसमा कुनै समस्या छैन।’

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन

तर, ऐश्वर्या रायलाई यो प्रश्न खासै मन परेन र उनले यो प्रश्नप्रति असन्तुष्टि जनाइन् । उनले भनेका थिइन्, ‘मलाई लाग्छ यो प्रश्न सधैं उहाँमाथि थोप्नु अन्याय हो, किनभने यो त्यस्तो पटक्कै होइन। उहाँ आफ्नो काममा धेरै राम्रो हुनुहुन्छ ।’

अभिषेक बच्चन-ऐश्वर्या राई

ऐश्वर्या रायले आफ्नो पतिको पक्षमा बोलेको यो पहिलो पटक भने होइन । एक पटक ऐश्वर्याले आफ्नो अन्तर्वार्तामा अभिषेकको भलाइको बारेमा बताइन् । ऐश्वर्या रायले भनिन्, ‘अभिषेक एक साधारण, उदार र सभ्य केटा हो । मलाई उनको त्यो गुण मन पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?