मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरुपयोग

सिरहा , २९ असोज- सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक विक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ ।मन्त्री सहाले लेखेको मधेसी मुक्तिका आधारहरु नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई मधेसका जिल्लाहरुमा विक्रि गर्दै हिंडेका छन् ।शनिबार विहान बा २ झ २२६३ नम्बरको सरकारी गाडी लाहनस्थित सीता नोबेल पुस्तक पसल अगाडी भेटिएको हो । उक्त गाडीमा शशिभुषण साह सवार थिए ।उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?