कार्तिक आर्यनले गरे आफ्नो सम्बन्धबारे खुलासा

लोकपथ
832
Shares

काठमाडौं । कार्तिक आर्यन पछिल्लो समय आफ्नो फिल्म ‘भूल भुलैया २’ को कारण निकै चर्चामा छन् । कार्तिक बलिउडका ती स्टारमध्ये एक हुन् जसले आफ्नो अभिनयले फरक पहिचान बनाएका छन् ।

कार्तिक आफ्नो कामका अलावा आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छन् । हालै, अभिनेताले आफ्नो सम्बन्धको बारेमा बताएका छन् ।

उनले आफूले एक अभिनेत्रीलाई डेट गरेको बताए। अहिले मानिसहरु उक्त नायिकाको नाम पत्ता लगाउन लागिरहेका छन् ।

कार्तिक आर्यन र सारा अली खान

कार्तिक आर्यनले अभिनेत्रीसँग डेटिङ गरेको स्वीकार गरेपछि सारा अली खानको नाम चर्चामा आउन थालेको छ । दुबैले इम्तियाज अलीको फिल्म ‘लभ आज कल’ मा काम गरेका थिए ।

त्यसपछि उनीहरुको सम्बन्धको बारेमा धेरै समाचारहरु आएका थिए । सारा र कार्तिक धेरै अवसरमा सँगै देखिएका छन् । कार्तिकले सारा अली खानलाई डेट गरेको फ्यानहरुले विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?