भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पतालको रूपमा विकास गर्न: स्वास्थ्यमन्त्री यादव

चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पतालको रूपमा विकास गर्न छलफल र गृहकार्य भैरहेको बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले छलफल र गृहकार्य मार्फत अस्पताललाई व्यवस्थित गर्दै लैजाने बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार गम्भीर रहेको भन्दै शिक्षा, स्वास्थ्य र कृषि जस्ता जनतासँग जोडिने सबै क्षेत्रलाई परिवर्तन, सुधार र स्तरीय बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल सञ्चालन गर्न कुनै समस्या नभएको पनि उनले दावी गरे ।

मन्त्री यादवको शनिबार भरतपुरस्थित क्यान्सर अस्पतालको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?