रोहिंग्या शरणार्थीलाई सहयोग बढाउन राष्ट्रसंघ सहमत

लोकपथ
104
Shares

ढाका । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका प्रमुखले बंगलादेशको दुर्गम र बाढीले जोखिम टापुमा स्थानान्तरण गरिएका रोहिंग्या शरणार्थीहरूलाई सहयोग बढाउन सहमत भएका छन् ।

सर्वत्र चासो र चिन्ताबीच उनीहरूलाई त्यहाँ सारिएको थियो । बंगलादेशको राजधानी ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले टापुमा ‘राष्ट्रसंघको उपस्थिति बढाउने’ वाचा गरे ।

बंगलादेशले अन्ततः लगभग १ लाख रोहिंग्या शरणार्थीहरूलाई पहिले बसोबास नगरिएको भाषान चारमा स्थानान्तरण गर्ने लक्ष्य राखेको छ, ताकि कक्स बजार नजिकैको शरणार्थी शिविरमा भीडभाड कम गर्न सकियोस् ।

रोहिग्या समुदायका करिब ९ लाख २० हजार सदस्यहरू हाल त्यहाँको सीमानाका शिविरहरू भरिएका छन् । म्यानमारमा सन् २०१७ मा सेनाको दमनपछि लाखौँ रोहिंग्या बंगलादेशका विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका छन् । स्वच्छ पानी, औषधिजस्ता अत्यवश्यक सेवामा उनीहरूको पहुँच नपुगेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?