केसी यु-२० फुटबल टिमको प्रशिक्षक

लोकपथ
143
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा सातदोबाटो चौथो भएको थियो । त्यसअघि थ्री स्टार क्लब, एफसी चितवनलगायत टिमका प्रशिक्षक रहेका केसी नेपाली फुटबलमा चर्चित प्रशिक्षक हुन् ।

उनले नेपालको यु-१९ फुटबल टिमसमेत हेरेका छन् । यस्तै राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरेका छन् ।

नेपाली युवा टिम उज्बेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’मा परेको छ । सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?