ओलीको कटाक्ष : ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो’

लोकपथ
273
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संगति नमिलेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो रहेको टिप्पणी गरे । नीति तथा कार्यक्रम चास्नीमा हाल्न नभ्याएको जस्तो रहेको टिप्पणी गर्दै अर्थ ननिस्किने बताए ।

‘यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ पटक्कै ध्यान नदिइकन वर्णमालाका अक्षरहरुभित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरी जस्तो खल्लो, गुजुल्टिएको । चास्नीमा हाल्न भ्याएको छैन त्यसलाई । र अर्थ निस्किदै ननिस्किने ।’ ओलीले भने ।

त्यसैगरी वर्तमान गठबन्धन सरकार पनि जोलिएको जेरी जस्तो रहेको बताउँदै त्यसको कुनै गन्तव्य समेत नरहेको बताए ।

नीति तथा कार्यक्रम मार्फत सरकारले पपुलिस्ट कुराहरु ल्याएको र त्यसलाई कार्यान्वयन गर्न नसकिने समेत आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?