रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि

लोकपथ
182
Shares

काठमाडौं । निकोला जानिलोको गोलमा एएस रोमाले बुधबार फेनोर्डलाई १-० ले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । रामोले युरोपको प्रमुख प्रतियोगिता जितेको यो पहिलो पटक हो । सन् १९८४ को युरोपियन कप फाइनलमा पराजित भएको रोमाले त्यसको सात वर्षपछि सम्पन्न युइएफए कप पनि गुमाएको थियो ।

रोमाले त्यसपछि युरोपका कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको थिएन । यद्यपि,रोमाले सन् २००८ मा कोपा इटालियाको उपाधि जितेको थियो ।

एसिएल इन्जुरीका कारण २०२०-२१ सिजन अधिकांश मैदानबाहिर बिताएका जानिलोले ३२औं मिनेटमा गरेको गोल रोमाको जितका लागि पर्याप्त बन्यो । दास्रो हाफ सुरु भए लगत्तै फेनोर्डले तीन मिनेटको अन्तरमा दुई पटक गोलको अवसर पाए पनि दुवै पटक पोस्ट बाधक बनेको थियो ।

यससँगै रोमाका प्रशिक्षक माउरिन्हो भने चार भिन्न क्लबबाट युरोपका प्रमुख उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । उनले पोर्टोबाट च्याम्पियन्स लिग र युइएफए कप, इन्टर मिलानबाट च्यापियन्स लिग र म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?