मन्त्रिपरिषद्को बैठकका निर्णयहरू यस्ता छन्

काठमाडौं । गएराति बसेको मन्त्रिपरिषद्को बैठकले मौलिक हक सँग सम्बन्धित जनस्वास्थ्य सेवालाई ब्यबस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा दर्ता गराउने निर्णय गरिएको छ। 
साथै मकवानपुर र डोटीमा बाल सुधार गृह संचालन गर्ने निर्णय भएको छ । 

प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रिय निकायले कर्मचारीहरुलाई खटाउदा राजपत्रान्कित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट रुपमा प्रदेश मुख्य मन्त्रि वा प्रदेश मन्त्रिपरिसदको कार्यालयमा खटाउने निर्णय गरिएको छ। यसरी खटिएका कर्मचारीलाई आफ्नो आवश्यकता अनुसार प्रदेश सरकारले कामकाजमा लगाउन सक्ने छ।  

त्यसैगरी नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्गलाई मर्ज गरेर राष्ट्रिय आपूर्ति कम्पनि स्थापना गर्ने निर्णय भएको छ। 

राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पिडितहरुलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?