रामानुजन : ३२ वर्षमा ३ हजार ९ सय गणितीय सुत्रको खोजी (संघषपूर्ण जीवनकहानी विस्तृतमा)

श्री निवास रामानुजन, भारतका गणितीय क्षेत्रका अघोषित बादशाह । उनले आफ्नो ३२ वर्षे छोटो जीवनकालमा करिब ३ हजार ९ सय इक्वेसनको खोज गरेर गणितीय क्षेत्रमा छुट्टै क्रान्ति ल्याए । 

उनले आविष्कार गरेका फर्मुलाहरु विश्वमै सर्वमान्य छन् । उनले त्यो समयमा आफ्ना खोजअनुसन्धानलाई मूर्तरुप दिए जब भारतलाई बेलायतले आफ्नो उपनिवेशका रुपमा शासन गरिरहेको थियो । निम्न वर्गीय परिवारमा जन्मिएका रामानुजनले ‘मानिस जन्मले होइन कर्मले महान् हुन्छ’ भन्ने भनाइलाई सावित गरेका छन् । 

गणितीय क्षेत्रलाई आफ्ना खोजहरु मार्फत् सम्पन्न बनाउने रामानुजनको आफ्नो पूरै जिन्दगी भने गरिबीसँग लड्दा लड्दै बित्यो । भलै उनले गणितमा विशेष शिक्षा हासिल गरेका थिएनन् । तर यसले उनलाई गणित विषयमा पाराङ्गत हुनबाट रोक्न सकेन । 

बाल्यकाल

उनको जन्म सन् १८८७ डिसेम्बर २२ मा भरतको तामिलनाडु राज्यको इरोड नामको एक गाँउमा भएको थियो । उनका बुबा के. श्री निवास अएङ्गर एक साडी पसलमा पिउनका रुपमा काम गर्थे । 

उनकी आमा कोमलतामल सामान्य गृहिणी थिइन् जो फुर्सदको समयमा नजिकैको मन्दिरमा भजन गाउँथिन् ।

निम्न वर्गीय परिवारमा जन्मिएका रामनुजनको बौद्धिक विकास सामान्य मानिसको भन्दा कम थियो । तीन वर्षको उमेरसम्म छोराको बोली नआएपछि उनको परिवारलाई छोरा जीवनभर आवाजविहीन हुनेभयो भनेर चिन्ता हुन थाल्यो । 

हुने बिरुवाको चिल्लो पात भनेझैं उनलाई सानैदेखि पढाइलेखाइमा रुचि थियो विशेषतः गणितमा । उनले सानैदेखि गणित विषयमा देखाएको रुचिले गर्दा उनलाई विद्यालयमा सबैले उत्कृष्ट विद्यार्थीका रुपमा चिन्थे । जिज्ञासु स्वभावका रामानुजन आफ्ना गुरुहरुलाई अनौठो प्रश्नहरु सोधिरहन्थे । 

घण्टौंसम्म भातपानी नभनी अभ्यास गरिरहने रामानुजन स्कुलमै हुँदा कलेजको प्रश्न हल गर्थे ।

यस्तो तीक्ष्ण बौद्धिक क्षमता भएका रामानुजनलाई हाई स्कुलमा राम्रो नतिजा ल्याएका कारण उच्च शिक्षाका लागि छात्रवृत्ति दिइयो ।

पीडा आरोहण

नायाँनयाँ फर्मुलाद्वारा गणितीय समस्या हल गर्ने रामानुजनलाई जीवनको समस्या हल गर्न हम्मेहम्मे प¥यो । छात्रवृत्ति प्राप्त गरेर उनले कलेज पढ्न त शुरु गरे तर गणित विषयमा अत्यन्तै लगाव बढेपछि उनको अरु विषयमा रुचि हराउँदै गयो । जसकारण उनले अन्य विषयलाई पर्याप्त समय दिन सकेनन् । त्यसैले गणितमा उत्कृष्ट अंक ल्याएपनि अरु विषयमा फेल भए । अन्य विषयमा नतिजा खस्कँदै गएपछि कलेजले पनि उनलाई दिएको छात्रवृत्ति फिर्ता लियो ।

गणितमा मात्र आफ्नो ध्यान केन्द्रित गर्नलाई उनले औपचारिक रुपमा पढ्नै छाडिदिए  ।

गणितमा मात्र आफ्नो ध्यान केन्द्रित गर्नलाई उनले औपचारिक रुपमा पढ्नै छाडिदिए  ।

पढाइसँगसँगै घरको नाजुक आर्थिक अवस्थाको बोझलाई झेल्नुपर्ने भएकाले उनको जीवन निकै कष्टकर बन्दै गयो । परिवारलाई केही हदसम्म राहत मिलोस् भनेर उनले घरमै गणित विषय पढाउन थाले । त्यसपछिको करिब ५ वर्षको अवधि अति कष्टमय रह्यो । यद्यपी गणितप्रतिको लगावले उनलाई झनै मिहेनत गर्न प्रोत्साहित ग-यो ।

सन् १९०८ मा विवाह भएपछि उनको काँधमा झनै जिम्मेवारीको बोझ थपियो । उनी कामको लागि मद्रास आए तापनि खस्कँदो स्वास्थ्य अवस्थाका कारण फरि घर फर्कनुप-यो । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी मद्रसका गणितका विद्वान् श्री वि. रामस्वामीसँग भेटेर आफूलाई सानोतिनो जागिर मिलाइदिन आग्रह गरे । रामानुजनको अद्भुत गणितीय ज्ञान देखेर रामस्वामीले उनलाई थप गणितीय अनुसन्धान गरेर कार्यपत्र प्रकाशन गर्न उत्प्रेरित गरे । एक वर्षको निरन्तर अभ्यास र अनुसन्धानपछि उनले आफ्नो पहिलो कार्यपत्र प्रस्तुत गरे । पहिलो प्रयासमै उनको कामलाई त्यति रुचाइएन । धेरै पटकको प्रयास पश्चात् पनि आफ्नो कामको उचित मूल्याङ्कन हुन नसकेपछि उनले सानोतिनो जागिरमा अल्झिएर आफ्नो अनुसन्धानलाई निरन्तरता दिए ।

रामानुजनको अद्भुत गणितीय ज्ञान देखेर रामस्वामीले उनलाई थप गणितीय अनुसन्धान गरेर कार्यपत्र प्रकाशन गर्न उत्प्रेरित गरे । एक वर्षको निरन्तर अभ्यास र अनुसन्धानपछि उनले आफ्नो पहिलो कार्यपत्र प्रस्तुत गरे ।

………..

रामानुजन राति कम सुत्थे । धेरै सोच्थे । प्राय रातको समयमा उनको दिमागमा नयाँनयाँ फर्मुलाहरु फुर्थे । भारतमा आफ्ना प्रयासहरु असफल हुँदै गएको देखेपछि उनको ध्यान बेलायतको प्रोफेसर हार्डी तर्फ गयो जो बेलायतका प्रसिद्ध गणितीय वैज्ञानिक मानिन्छन् । हार्डी र उनका सहकर्मी रामानुजनको गणितीय प्रस्तुतिबाट अत्यन्तै प्रभावित भएर उनलाई आफ्नो टिममा समावेश गराए । हार्डीको सहयोगमा रामानुजनले अझ धेरै फर्मुलाहरुको आविष्कार गरे । यही क्रममा उनलाई क्यामब्रिज युनिभर्सिटीले विशेष उपाधि प्रदान ग-यो । 

रामानुजन राति कम सुत्थे । धेरै सोच्थे । प्राय रातको समयमा उनको दिमागमा नयाँनयाँ फर्मुलाहरु फुर्थे । भारतमा आफ्ना प्रयासहरु असफल हुँदै गएको देखेपछि उनको ध्यान बेलायतको प्रोफेसर हार्डी तर्फ गयो जो बेलायतका प्रसिद्ध गणितीय वैज्ञानिक मानिन्छन् । हार्डी र उनका सहकर्मी रामानुजनको गणितीय प्रस्तुतिबाट अत्यन्तै प्रभावित भएर उनलाई आफ्नो टिममा समावेश गराए । हार्डीको सहयोगमा रामानुजनले अझ धेरै फर्मुलाहरुको आविष्कार गरे । यही क्रममा उनलाई क्यामब्रिज युनिभर्सिटीले विशेष उपाधि प्रदान ग-यो । 

समय बित्दै जादाँ उनको स्वास्थ्यमा समस्या देखाप-यो । डाक्टरको सल्लाह अनुसार उनलाई भारत फर्कन आग्रह गरियो । तत्कालीन समयमा औषधीको आविष्कार नभएकाले उनले ३२ वर्षको कलिलो उमेरमा क्षयरोगको संक्रमणबाट ज्यान गुमाउन प-यो । 

थोरै बाँचे तर जति बाँचे त्यति समय गणितलाई समर्पण गरे । आफ्नो ३२ वर्षको उमेरमा गणितको करिब ३ हजार ९ सय इक्वेसनको खोज गरे । 

रामानुजनलाई भारतको इतिहासमा सर्वोत्कृष्ट गणितज्ञ भन्नु गलत नहोला । उनको जन्मदिनलाई भारतमा गणित दिवसका रुपमा मनाइन्छ भने उनको घरलाई म्युजियममा परिणत गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?