ओलीको प्रश्न : १४ दिनसम्म मतपरिणाम किन आएन ?

लोकपथ
598
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन सम्पन्न भएको १४ दिन पुगे पनि अहिलेसम्म किन परिणाम नआएको भन्दै आक्रोश व्यक्त गरे ।

‘आज १४ दिन भयो । आज १४ दिनपछि परिणाम आएको छैन ? निर्वाचन स्वच्छ हुन सकेन, निर्वाचन धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई अपहरणमा गरेर काम गरियो । निर्वाचनमा धाँधली गरे पनि प्रहरीहरु हेरेर बसेका थिए ।’ उनले भने ।

त्यसैगरी उम्मेदवारहरुको घरमा बम पडकाइएको समेत ओलीले आरोप लगाए । साथै उनले सत्तापक्षले जसरी पनि निर्वाचन जित्ने ध्येय राखेका कारण निर्वाचन भयरहित हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?