११ असार २०७९, शनिवार

धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित

२०७९,जेष्ठ,१२,बिहीवार ११:१९

72
Shares

बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् ।

५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी गाउँपालिका– ३ का अधिकांश किसानको खेतको धानमा बाला पसाए पनि दाना लागेको छैन ।

धान जोनअन्तर्गत करिब ११० बिघा र अन्य किसानले व्यक्तिगतरूपमा रोपेको धानमा बाला लागे पनि दाना नलागेर त्यसै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताए ।

ठोरी–३ मा सिंचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागु गरिएको छ ।

यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करीब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार ११:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८५२ जनाको पिसिआर र

काठमाडौं । पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६