११ असार २०७९, शनिवार

तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट

२०७९,जेष्ठ,१२,बिहीवार ११:२१

351
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आगामी प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।

ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए । गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषिको भएको भनाइ थियो ।

तर, तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ । ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी पहिलो हुन नसक्नुको कारण अन्तर्घातसँगै पाँच दलीय गठबन्धन पनि भएको बताएका थिए ।

उनी गठबन्धनप्रति निकै आक्रोशित छन् । बारम्बार उनी गठबन्धनलाई देश विकास गर्न भन्दा पनि मागिखानेहरूको गठबन्धन भन्दै टिप्पणी गर्दछन् । सोही गठबन्धन टुटाउन ओलीले चाहँदै आएका हुन् । ओली निकट एक पदाधिकारीले भने गठबन्धन आफैँ टुट्ने बताए ।

‘तालमेलमा धोकाधडी भयो भन्ने सुनिँदै आएको छ । अहिले नै यस्तो भएपछि अनि प्रदेश र संघको निर्वाचनमा सँगै जान्छन् होला र ? मलाई लाग्छ, अहिले बजेट अधिवेशन नसकिँदै गठबन्धन टुट्छ । हामीले टुटाउनु पर्दैन’,  उनले भने ।

गठबन्धनमा कांग्रेस, माओवादी र जसपाको अतिरिक्त नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पनि रहेका छन् ।

प्रधानमन्त्री छँदा दोस्रो पटक संसद् विघटन ८ जेठ २०७८ को बिहान ओलीले गरेपछि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको हो ।

गठबन्धन एमालेको राजनीतिक यात्रामा भने हानिकारक भएको छ । परिणामतः संघीय सरकार मात्र होइन, चार वटा प्रदेश सरकार गुमायो भने राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नु परेको छ ।

 

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार ११:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य ।एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरु शुन्यबाट निर्माण गर्नुपर्ने बताएकी छिन् । शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएको बताए। अध्यक्ष ओलीले प्रचण्डसँग

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६