११ असार २०७९, शनिवार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात

२०७९,जेष्ठ,१२,बिहीवार ११:००

288
Shares

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय भए निकालिने निष्कर्ष सत्ताको चरम दुरुपयोग, धाँधली र पैसाको खोलो बगाएको भन्ने हुन्थ्यो । तर, यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली नै अन्तर्घात भएको निष्कर्षमा पुगे ।

३० वैशाखमा निर्वाचन भएर मतगणना जारी रहेकैबेला महासचिव शंकर पोखरेलले भने १ जेठमा विज्ञप्ति निकाल्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित नभएको देखि एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको सँगै सत्ताको चरम दुरुपयोग भएको आलोचना गरेका थिए ।

निर्वाचन परिणाम आइसक्न लाग्दा भने अध्यक्ष ओली पार्टीले पराजय बेहोर्नुको कारणमध्येमा अन्तर्घात पनि भएको निष्कर्षमा पुगेका हुन् ।

महानगरपालिकाहरूमा पार्टीका उपप्रमुख पदका उम्मेदवारहरूले मात्र निर्वाचन जितेपछि बुधबार संसदीय दलको बैठकमा ओलीको यस्तो निष्कर्ष आएको हो ।

पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि भन्छन्, ‘हाम्रो पार्टी (एमाले)मा यस्तो अन्तर्घात यसअघि देखिएको थिएन । उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ ।’

नेपाली कांग्रेसले २९ वर्षदेखि अन्तर्घात सहँदै आएको छ । उम्मेदवार चयनमा चित्त नबुझेका नेता, कार्यकर्ताहरूले निर्वाचनमा असहयोग गरेर पार्टीका आधकारिक उम्मेदवारहरूलाई पराजित गर्नुलाई अन्तर्घात भनिँदै आएको छ ।

२०५० सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा पहिलो पटक कांग्रेसमा अन्तर्घातको चर्चा चलेको थियो ।

अन्तर्घात गर्ने नेता गिरिजाप्रसाद कोइराला र उनले अन्तर्घात गर्दा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई वर्तमान राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीसँग पराजित हुनुपरेको अहिले पनि कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

त्यही उपनिर्वाचन यता कांग्रेसले हार भए अन्तर्घात प्रमुख कारण मान्दै आएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार ११:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य ।एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरु शुन्यबाट निर्माण गर्नुपर्ने बताएकी छिन् । शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएको बताए। अध्यक्ष ओलीले प्रचण्डसँग

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६