चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन् । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्षले भने, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उनले कर र मूल्यवृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिए । यसप्रति पार्टी र सरकार गम्भीर रहेको पनि उनको भनाई थियो । उहाँले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समिक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको स्पष्ट पारे ।
उनले एक अर्को प्रसंगमा भने, ‘वामपन्थी सरकारको सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो । सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’
चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने, ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया