११ असार २०७९, शनिवार

पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन

२०७९,जेष्ठ,१२,बिहीवार १०:५५

468
Shares

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको सरकार ‘रेड जोन’ सुरक्षाका लागि सेना परिचालन गर्न बाध्य भएको छ ।

अदालत, संसद भवन, राष्ट्रपति भवनलगायतका महत्वपूर्ण क्षेत्रमा सरकारले सेना परिचालन गरेको हो । सरकारी सुरक्षा फौजको अवरोधबीच खानले नेतृत्व गरेको जुलुस बिहीबार बिहानै राजधानी इस्लामाबाद प्रवेश गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

‘राजधानी इस्लामाबाद क्षेत्रको कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै सरकारले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत दिइएको शक्तिको प्रयोगमा पर्याप्त संख्यामा सेना परिचालन गर्ने अधिकार दिइएको छ ’, पाकिस्तानको गृहमन्त्री राना सनाउल्लाहले ट्वीटरमा पोस्ट गरेको सरकारी आदेशमा उल्लेख छ ।

देशमा बढ्दो तनावबीचमा इमरान खानले नेतृत्व गरेको जुलुस राजधानी प्रवेश गरेपछि पाकिस्तान सरकारले ‘महत्वपूर्ण सरकारी भवनहरूको सुरक्षा’ गर्न रेड जोनमा सेना तैनाथ गरेको हो । पाकिस्तानको सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालयलगायत महत्वपूर्ण सरकारी भवनको सुरक्षाका लागि उक्त निर्णय गरिएको सरकारी आदेशमा उल्लेख छ ।

यसअघि पूर्वप्रधानमन्त्री खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनलाई लक्षित गरी सरकारले बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकमा अवरोध तेर्साएको थियो ।

 

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौंमा पछिल्लो तीन दिनमा ५ जनामा हैजा संक्रमण, नमुना परीक्षण गर्दा पिउने पानीमा दिसामा पाइने जिवाणु फेला, हैजा फैलनुको

काठमाडौं । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ। सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६