११ असार २०७९, शनिवार

कभी इद कभी दिवालीमा जगपति भिलेन

२०७९,जेष्ठ,१२,बिहीवार १०:४४

828
Shares

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन । फिल्मको कलाकारलाई लिएर दैनिक नयाँनयाँ समाचार आइरहेका छन् । अब यो फिल्ममा भिलेनको भूमिका दक्षिण भारतीय अभिनेता जगपति बाबूको प्रवेश भएको छ ।

यसअघि नै यो फिल्ममा दक्षिण भारतीय दुई कलाकारको प्रवेश भइसकेको छ । समाचारअनुसारा फिल्ममा जगपतिलाई निकै डरलाग्दो भिलेनको चरित्रमा देखाइनेछ । जसका लागि उनले मेहनत पनि गरिरहेका छन् ।

सलमान पेन इण्डियाबाट फिल्म बनाइरहेका छन् । सोहीकारण फिल्मको कास्टिङमा उनले बढी ध्यान दिएका छन् । जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिनेछन् ।

फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल र शहनाज गिलको पनि अभिनय हुनेछ । फिल्ममा दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे पनि जोडिएकी छन् ।

फिल्म सन् २०२३ को इदमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा

मुम्बई । बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६