११ असार २०७९, शनिवार

रिलायन्सले गर्‍यो ४१ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी

२०७९,जेष्ठ,११,बुधबार २१:४१

72
Shares

इलाम । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर रिलायन्सले ४१ लाख ७५ हजार रुपैयाँको चेक प्रदान गरेको हो ।

उक्त चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख केदार थापा र रिलाइन्सका सेल्स हेड सूर्यप्रसाद गुप्ताले प्रविन चापागाईंकी श्रीमती सीमा थापा सहित परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो ।

निर्माण व्यवसायी चापागाईंले ४१ लाख ७५ हजार रुपैयाँको जीवन बिमा गरेका थिए । उनले बिमा गरेको पहिलो किस्ता चार लाख २२ हजार भुक्तानी गरेका थिए ।

चपागाईंको कोरोनाको उपचारको क्रममा झापाको बिएण्सी अस्पतालमा मृत्यु भएको थियो । रिलायन्स लाइफ इन्सोरेन्सकी बिर्तामोड शाखा प्रमुख पवित्रा खवासले मानवीय क्षतिसँगै हुने आर्थिक क्षतिविरुद्धको सुरक्षा जीवन बिमाले गर्ने बताइन् ।

मृतक चापागाईंको परिवारलाई दाबी भुक्तानी कार्यक्रममा निर्माण व्यवसायी संघका उपाध्यक्ष निर्मल राउतले चाँडै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईंले धेरैले जीवन बिमाको लागि इच्छुक भए पनि आर्थिक अभावका कारण बिमा गर्न नसक्नेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट लोन प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

यस्तै इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले परिवारले पाएको दाबी भुक्तानी रकमले पीडित परिवारका लागी मलहम पट्टी हुने बताए ।

बिमा कम्पनीका सेल्स हेड सूर्य प्रसाद गुप्ताले कम्पनीको चाहाना आफ्नो सदस्यको भौतिक र आर्थिक अवस्था स्थिर होस भन्ने चाहाना हुने गरेको बताए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,११,बुधबार २१:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६