२०७४ काे तुलनामा यसपटक उपमहानगरकाे समिकरण यस्ताे रह्याे !

लोकपथ
30.9k
Shares

काठमाडौं । देशका ११ वटै उपमहानगरको अन्तिम मतपरिणम सार्वजनीक भइसकेको छ । यस पटक नेपाली कांग्रेस र एमालेले समान ३/३ उपमहानगरमा जित नाकेलेका छन् भने स्वतन्त्र उम्मेदवार बनेका तीन उम्मेदवारले पनि उपमहानगरको नेतृत्व लिएका छन् । माओवादी र नेकपा एस भने १/१ उपमहानगरमा सिमित भएका छन् ।

तुलसीपुर, घोराही र कलैयामा जित निकालेको एमालेले यस अघि ६ उपमहानगरमा जित निकालेको थियो । एमालेले यस पटक इटहरी, हेटौंडा, बुटबल र जितपुर उपमहानगर गुमायो भने यसअघि कांग्रेसले जितेको कलैयामा भने जित निकाल्न सफल भएको छ ।

धनगढी, धरान र जनकपुरधाम उपमहानगरमा यस पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यसअघि धनगढी र धरानमा कांग्रेसले जित निकालेको थियो । कांग्रेसले यस पटक बुटवल, नेपालगंज र इटहरीमा जितेको छ ।

हेटौंडा उपमहानगरमा नेकपा एस विजयी हुँदा जितपुर सिमरा उपमहानगरमा भने माओवादी विजयी भएको छ ।

 

उपमहानगरामा यसपटकको परिणाम यस्ताे छ :

धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६,८६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई १२,०४८ मतान्तरले पराजित गरेका हुन् । पराजित नृपबहादुर वडले १४,८१७ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कन्द्कलाकुमारी राना १५,४७९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२,६७० मत ल्याएकी छन् ।

 

हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा २३,०७५ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेललाई २,१६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्त प्रसाद पौडेलले २०,९०८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया ३२,५९३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३,९०९ मत ल्याएकी छन् ।

 

बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय ३०,२४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३१ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२,७१८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २५,०६१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १७,०२३ मत ल्याएका छन् ।

 

नेपालगंज उपमहानगरपालिका

नेपालगंज उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट २३,४६० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार पशुपति दयाल मिश्रालाई ११,७८५ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति दयाल मिश्राले ११,६७५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार कमरुद्दीन राई १७,९५० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शान्तिदेवी ढकालले १०,९१५ मत ल्याएकी छन् ।

 

धरान उपमहानगरपालिका

धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई २०,८२१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार किशोर राईलाई ४,७६२ मतान्तरले पराजित गरेका हुन् । पराजित किशोर राईले १६,०५९ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघा २०,५१० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १७,६०६ मत ल्याएका छन् ।

 

इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ३३,०४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई ५,०१८ मतान्तरले पराजित गरेका हुन् । पराजित यामकुमार चुङ्गवाङ सुब्बाले २८,०३१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी ३२,४३६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टले १८,०३१ मत ल्याएका छन् ।

 

घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार नरुलाल चौधरी ३१,७२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५,३६० मतान्तरले पराजित गरेका हुन् । पराजित हेमराज शर्मा पोख्रेलले २६,३६८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार हुमाकुमारी डिसी ३०,४०३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले ३०,३५४ मत ल्याएका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३,४६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गरेका हुन् । पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५,५२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार रुणादेवी झाले १०,८८५ मत ल्याएकी छन् ।

 

कलैया उपमहानगरपालिका

कलैया उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका विनोदप्रसाद साह निर्वाचित भएका छन् । उनले २४ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५ सय ४० मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा पनि नेपाल कम्युनिष्ट पार्टी एमालेका रौशन परविन निर्वाचित भएका छन् । उनले १९ हजार २ सय ५१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३ सय २ मत ल्याए ।

 

जितपुर सिमरा उपमहानगरपालिका

जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार राजन पौडेल १८,७४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९६४ मतान्तरले पराजित गरेका हुन् । पराजित सरस्वतीदेवी चौधरीले १७,७७९ मत ल्याएकी छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी १७,४९२ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १५,८४२ मत ल्याएकी छन् ।

 

तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकाकाे प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई हराउँदै एमालेबाट प्रमुखमा टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । एमालेका खड्का ३१ हजार ४०८ मतका साथ विजयी भएका हुन् ।

यस्तै, उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?