वीरगञ्जमा उपमेयरले ३० हजार मत पाउँदा ४३ हजार मत बदर

लोकपथ
1.3k
Shares

काठमाडाैं । वीरगञ्ज महानगरमा उपप्रमुख पदमा बढी मत बदर भएको छ । उपप्रमुखमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत पाउँदा ४३ हजार ७५३ मत बदर भएकाे हाे ।

प्रमुख पदमा पनि २० हजार १९० मत बदर भएकाे छ । वीरगञ्ज महानगरमा जम्मा ९३ हजार ७८२ मत खसेकोमा झण्डै ४७ प्रतिशत मत बदर भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?