११ असार २०७९, शनिवार

महिनावारी दिवसमा एक्सपोज नेपालले काठमाडौंमा साइकल र्‍याली गर्ने

२०७९,जेष्ठ,११,बुधबार २१:११

135
Shares

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने भएको हो ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्‍याली आयोजना गरिएको जानकारी दिएको हो ।

बिहान साढे सात बजे बसन्तपुरबाट सुरु हुने र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुने जनाइएको छ ।

र्‍यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने छन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको छ । सन् २००७ मा स्थापना भएको संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीकाबारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्रिवितरण गर्दै आएको छ ।

संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सिप प्रदान गरी हालसम्म २३ जिल्लाका चार हजार नौ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,११,बुधबार २१:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको

काठमाडाैं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा बाणिज्य र

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८५२ जनाको पिसिआर र

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६