११ असार २०७९, शनिवार

रसुवामा द्वन्द्वकालिन समयकाे विद्युत बक्यौता धमाधम उठ्दै

२०७९,जेष्ठ,११,बुधबार २०:३७

63
Shares

रसुवा । रसुवामा द्वन्द्वकालिन लको समयको २३ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल संकलन भएको छ । नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले डेढ वर्षमा द्वन्द्वकालिन समयको विद्युत बक्यौताको २३ लाख भन्दा बढी महसुल संकलन भएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को पौषदेखि हालसम्म २३ लाख १८ हजार ३ सय ३९ रुपैयाँ असुल उपर गरेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए ।

७ सय ६५ जना ग्राहकबाट बक्यौता उठाउनुपर्नेमा ७ सय १४ ग्राहकबाट उक्त रकम संकलन गरिएको उनले बताए । अब ५१ जना ग्राहकबाट २ लाख ५३ हजार ४ सय ५ रुपैयाँ असुल गर्न बाँकी रहेकोसमेत उनले बताए । बसाइँसराई गरेर गएको, केही मिटरहरु नभेटिएको, केही मिटरहरू भूकम्पले पुरिएको पाइयो, उनले भने, केही मिटरहरु नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रबाट हस्तान्तरण हुँदा धुन्चे वितरण केन्द्रमा देखिएको छैन, तर हालसम्म नुवाकोट वितरण केन्द्रकै कार्यक्षेत्रमा रहेको छ, ।

तत्कालीन नेकपा माओवादीले सरकारले द्वन्दकालिन समयको बक्यौता विद्युत महसुल मिनाहा गर्छ भुक्तानी गर्नु पर्दैन भनेकोले विद्युतका ग्राहकहरुले महशुल भुक्तानी गरेका थिएनन् । तर द्वन्द्व समाप्ती पश्चातको सरकारले सो रकम मिनाहा नगरेका कारण विद्युत प्राधिकरण महशुल असुल गर्न आफै अग्रसर भएको हो ।

प्रकाशित मिति: २०७९,जेष्ठ,११,बुधबार २०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६