बेँसीसहर नगरपालिकाकाे कार्यपालिका सदस्यमा एमाले निर्विरोध

लोकपथ
3.4k
Shares

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिकाको कार्यापालिका सदस्यमा आठ उम्मेदवार निर्विरोध चयन भएका छन् । पालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ कल्पना थापा बोहरा, बुनादेवी रिमाल, विमला न्यौपाने अधिकारी, सुकमाया गुरुङ, मनिता परियारको उम्मेदवारी परेको छ ।

दलित तथा अल्पसङ्ख्यकबाट हिरालाल विश्वकर्मा, श्रीनाथ सार्की र सुकमाया घर्तीको उम्मेदवारी परेको छ । सबै सदस्य सर्वसम्मत भएका छन् । गठबन्धन दलहरुले मनोनयन दर्ताको समयसम्म उम्मेदवारी दर्ता नगराएको सो कार्यालयले जनाएका छ ।

मनोनयन दर्ताको समय विहान १० बजेदेखि ३ः३० बजेसम्म तोकिएको थियो । गठबन्धनको तर्फबाट उम्मेदवारी नआएपछि एमालेका उम्मेदवार निर्विरोध भएको सो कार्यालयले जनाएको छ । कार्यपालिका निर्वाचन जेठ १७ गतेका लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?