१३ असार २०७९, सोमवार

बागमती प्रदेशको नेपाल अडिटर्स एसोसिएसन अध्यक्षमा बर्तौला निर्वाचित

२०७९,जेष्ठ,११,बुधबार १९:५२

72
Shares

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा पुनः रामकुमार बर्तौला निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडान बागमती प्रदेशको छैठौं अधिवेशनले बर्तौलालाई पुनः निर्वाचित गरेको हो ।

अडानको उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा मणिप्रसाद सुवेदी, तेजप्रसाद आचार्य, भेषराज कोइराला, मोहनप्रसाद पौडेल, निरञ्जन पराजुली र इन्द्रमणि गैरे चयन भएका छन् ।

नेपाल अडिटर्स एसोसिएसन (अडान)का केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेल, केन्द्रीय सचिव राजेन्द्र प्रसाद ढुंगाना, केन्द्रीय सदस्य प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७९,जेष्ठ,११,बुधबार १९:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समूहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत आफ्नो पहिलो ह्वाट्सएप कल पूरा गर्दै, कार्यसम्पादन मापन गर्दै, नेपालमा

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक

काठमाडौं । आइतबार उछाल आएको सेयर बजारमा सोमबार फेरि गिरावट आएको छ । आज सेयर बजार १.२२ प्रतिशतले घटेको छ

ताजा समाचार

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि
 २०७९,असार,१३,सोमवार २१:११