काठमाडाैं : माैसम बदलीका कारण शनिबार रातीदेखि पश्चिम नेपालमा निकै ठूलो पानी पर्ने माैसमविदहरूले पूर्वानुमान गरेका छन् ।
अचानक माैसममा बदली भर्इ गण्डकी प्रदेशदेखि ७ नम्बर प्रदेशसम्मका क्षेत्रमा भीषण बर्षा हुने पूर्वानुमान गरिएको हो । यस्तो बर्षा सोमबारसम्म पनि कायम रहन सक्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भीषण बर्षाको सम्भावनासँगै गोरखा भूकम्पले थिलथिलो बनाएको गण्डकी प्रदेशका गोर्खालगायतका पहाडी भूभाग, पहिरोको चपेटामा रहेका पश्चिमी पहाड र ठूला नदी किनारमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउनुपर्ने भएको छ ।
माैसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि देशभर नै सोमबारसम्म माैसम बदली र बर्षाको सम्भावना रहेको उल्लेख छ । पश्चिमका केही क्षेत्रमा शनिबार दिउँसोदेखि नै भारी बर्षा हुने र शनिबार राती पनि अन्य स्थानमा निकै ठूलो पानी पर्ने उल्लेख छ ।
देशका बाँकी भागमा पनि शनिबार दिउँसोदेखि पानी पर्न शुरू हुने सो बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया