प्रधानमन्त्री ओली र डा केसीबीच शिक्षा विधेयक कार्यान्वयनको विषयमा आज छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ डा. गोविन्द केसीसँग आज छलफल गर्ने भएका छन् । 

बिहान ११ बजे बालुवाटारमा हुने बैठकमा सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा र  चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेै लगायतका विषयमा छलफल हुो जनाइएको छ । 

गत मंगलबार मात्र डा.केसी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

गत साउन १० गते अनसन गरेको २७औ दिन सरकारसँग ९ बुँदे सहमति गरेपछि अनसन तोडेका डा.केसीले सरकारलाई आफूसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराउदै सहमति तलमाथि गरिए फेरी संघर्ष गर्ने चेतावनी दिएका थिए। 

उक्त सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता समेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?