बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

लोकपथ
77
Shares

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारु रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?