अब प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्नुपर्छ : गगन थापा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् ।

बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका छन्।

थापाले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?