काठमाडौं–बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमा गम्भीर लापरबाही गर्ने स्कुल बससहित त्यसका चालकलाई पक्राउ गरेको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
एन्जल निम्न माध्यामिक विद्यालयको बस शुक्रबार बिहान करीब १० बजे वीरगन्ज–पथलैया सडकखण्डको जीतपुर सीमरा–१ स्थित बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
बा४ख ३९६१ नम्बरको उक्त बस चलाउने जीतपुर सीमरा–१ का १३ वर्षीय बालक सिलिप पासवानर बसचालक महोत्तरी खयरमार घर भई हाल अमलेखगन्जमा बस्दै आएका लोकमान मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोक्तानले बसको सहयोगीका रुपमा कार्यरत पासवानलाई बस चलाउन दिएको खुल्न आएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया