काठमाडौँ- नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ ।
यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ । यस्ता पुल नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो ।
देशका विभिन्न भागमा निर्माण हुन लागेको यस्ता १० वटा पुलका लागि विश्व बैङ्कले आर्थिक सहयोग दिन लागेको र त्यसलाई अन्तिम रुपम दिन भदौ ५ गते काठमाडौँमा विश्व बैङ्क र नेपालका अधिकारीहरूबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिए ।
महाशाखा प्रमुख थापाका अनुसार, चितवनको नारायणी, रुपन्देहीको तिनाउ, झापाको रतुवा, सर्लाहीको वागमती, मकवानपुरको राप्ती, काठमाडौँको तिलगङ्गास्थित वाग्मती, काठमाडौँको टेकूस्थित विष्णुमती र पोखराको विजयपुरस्थित सेती नदीमा ‘सिग्नेचर पुल’ निर्माणको तयारी भइरहेको छ । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया