ललितपुरमा चिरिबाबुको दोस्रो कार्यकाल, शपथग्रहणमा जे देखियो (तस्बिर)

लोकपथ
338
Shares

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृतमार्फत नवनिर्वाचित मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

आज आएको अन्तिम परिणाम नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जनले ४२ हजार ७ सय २२ मतसहित जित हासिल गरेका हुन् भने उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शाक्यले २५ हजार ८५ मतसहित जित हासिल गरेकी हुन् ।

महर्जनको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा राम्रो काम गरेको भन्दै चर्चा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?