काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बुधबार बानेश्वरमा तीन बजे बैठक बस्ने शेर बहादुर तामाङले जानकारी दिए ।
बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुनेछ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया