दोहोरो अंकले बढ्यो सेयर बजार

लोकपथ
169
Shares

काठमाडौं । आज (बुधबार) पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । मंगलबार १६ दशमलव ३२ अंकले बढेको नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेको छ । आज नेप्से २२३१ दशमलव ५७ बिन्दुमा उक्लिएको छ ।

आज सेन्सेटिभ परिसूचक २ दशमलव ४२ अंकले बढेर ४३५ दशमलव ०९ बिन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने मंगलको तुलनामा घटेको छ । एक अर्ब ४ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार दिनभर कुल २२६ कम्पनीको २६ लाख ९४ कित्ता सेयर किनबेच हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?