माग्ने बुढाको ‘कमेडी हब’को प्रसारण मिति सर्‍यो

लोकपथ
156
Shares

आजदेखि सुरु हुने भनिएको माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ ।

शोको तयारी नपुगेकाले पूर्वनिर्धारित कार्यक्रमबाट पछि सरी अब जेठ १८ गतेदेखि प्रसारण हुने भएको छ ।

शोमा माग्ने बुढा र राजा राजेन्द्रसहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कंडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गर्नेछन्।

शोको चार एपिसोड छायांकन भइसकेको छ। शोमा प्योर, ह्युमर, रोमान्टिक, स्ट्यान्ड अप, सटायरिक र प्यारोडी गरी कमेडीका ६ शैली प्रस्तुत गरिनेछ।

‘कमेडी हब’ एपिवान टेलिभिजनबाट प्रत्येक बुधबार राती ८ बजे प्रसारण हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?