७ स्थानीय तहको मात्र अन्तिम मतपरिणाम आउन बाँकी

लोकपथ
845
Shares

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेका छन् । हाल काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।

काठमाडौं महानगरपालिकाको मतगणना पनि जारी रहेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ विजयी हुने निश्चित भएको छ ।

निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ ।

त्यसैगरी, विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको पनि मतपरिणाम आउन बाँकी छ । यहाँ मंगलबारदेखि मात्रै मतगणना सुरु भएको छ ।

त्यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?